हेमजा हिले महोत्सवको तयारी तीव्र

पाेखरा | असार ९, २०८१

हेमजा हिले महोत्सवको तयारी तीव्र

पोखरा:   राष्ट्रिय धान दिवसको अवसरमा देविस्थान सेवा समाज हेमजाको आयोजनामा यहि असार १५ गते शनिबार हुने चौथो संस्करणको हेमजा हिले महोत्सव २०८१ को तयारी तीव्र पारिएको छ। 


हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा युवापुस्तालाई गर्व गराउदै कृषिमा आकर्षण बढाउने उदेश्य साथ महोत्सवको आयोजना गरिएको हो । 


यस महोत्सवले समग्रा पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आगमन बढने अपेक्षा गरिएको समाजका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक गुरु हरिा शरण पौडेले बताए ।


“कृषिमा कृषकलाई पोत्साहन: विष्णुपादुका माई मन्दिर हेमजाको सान” भन्ने मुल नाराका साथ आयोजित यस महोत्सवमा हिलोमा फुटबल, महिला पुरुष हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, झाँकी प्रदर्शनी,विद्मालय स्तरीय धान रोप्ने प्रतियोगिता,हल गोरु दौड, माछा समाउने,असारे गीत प्रतियोगिता साथै उत्कृष्ट किसान सम्मान कार्यक्रम हुनेछ । उक्त महोत्सवमा विभिन्न कलाकारहरुको संस्कृतिक प्रस्तुति समेत रहने छ ।


प्रतियोगितामा प्रथम र द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।


महोत्सब सञ्चालनका लागि अनुमानित रु ७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको देविस्थान सेवा समाज कोषाध्यक्ष एवं महोत्सव अर्थ संकलन
संयोजक चन्द्रकला पोख्रेलले बताईन ।


महोत्सव तयारी स्वरुप महोत्सवस्थल वरपर ,विष्णुपादुका धार्मिक क्षेत्रमा आयोजक साथै विष्णुपादुक टोल विकास संस्था, चापाघाट तथा देवीस्थान आमा समुह,चापाकोट टोल विकास संस्था , महिला संञ्जाल स्थानीयवासीको सकृय सहभागितामा निरन्तर सरसफाई गरिएको सरसफाई व्यवस्थापन उपसमिति चेत नारायण तिम्सिनाले जानकारी दिए ।

गण्डकी प्रदेशलाई खेल पर्यटनको विश्वव्यापी ‘हब’ बनाउन सकिने पर्याप्त आधार भए पनि राज्यको स्पष्ट दृष्टिकोण र लगानीको अभावमा यो क्षेत्र अझै बामे सर्न सकेको छैन ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्ड...

थप पढ्नुहोस्

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्